राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । शीतल निवासमा बिहान साढे ८ बजे बस्ने सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन् । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्नुभएको थियो ।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले पनि छुट्टाछुट्टै छलफल गर्दै आउनुभएको छ । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गएको साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित बैठकले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति गरेको छ । यो सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img