प्रा.क. देखि प्रतिनिधिसभा सदस्य उम्मेदवारी सम्म बन्न सफल नेता चाैहानकाे संक्षिप्त राजनितिक यात्रा

बाबुराम रसाईली (ताम्राकार)
१० माघ, २०८२ अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामबहादुर चाैहान पार्टी संगठन, व्यक्तिगत प्रभाव र कुशल रणनितिक तथा प्रखरवक्ताका हिसाबले परिचित नेता हुन् । उनी एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाल, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) र स्वतन्त्र उम्मेदवार रवि शाहबीच तीव्र चुनावि प्रतिस्पर्धामा देखिएका छन् ।
अर्घाखाँचीकाे ६ वटा स्थानीय तह मध्ये मालारानी गाउँपालिकाबाट प्रतिनिधिसभा निर्वाचनमा चार जनाले निर्वाचन आयाेगमा उम्मेदवारी दर्ता गराएका छन् ।
दुई दलका उम्मेदवारहरुलाई चुनाैति दिदैं नेकपाका नेता रामबहादुर चाैहान बलियो संगठन, व्यक्तिगत प्रभाव, विगतमा गरेकाे याेगदान, जनताप्रति सकारात्मक धारणा र रणनीतिक कार्यशैलीका हिसाबले चुनावी मैदानमा उत्रिएका हुन् ।
श्री आदर्श मावि खनदहबाट नेकपा एमालेकाे विद्यार्थी संगठनकाे प्रा.क. अध्यक्षबाट राजनितिक यात्रा सुरु गरेका चाैहान यतिवेला संसदीय चुनावमा पहिलोपटक उम्मेदवार दिएका छन् । २०४९ सालमा पाणिनि बहुमुखी क्याम्पस स्ववियु सभापति लगत्तै अखिलकाे जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदैं ०५४ सालमा युवा संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य, ०५६ मा एमाले जिल्ला सचिवालय सदस्य एवं युवा इन्चार्ज, बुलन्द राष्ट्रिय पाक्षिक पत्रिकाकाे प्रधान सम्पादक, नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे उपाध्यक्ष, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुदै २०६९ मा सामुदायिक प्रहरी सेवा केन्द्र अर्घाखाँचीकाे अध्यक्ष बने । पछिल्लो समय अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष बने लगत्तै चर्चा कमाएका नेता चाैहानले धेरै विरामी तथा सर्वसाधारण जनताकाे मनमुटुमा बस्न सफल भए ।

 अंग्रेजी विषयमा स्नातक उत्तीर्ण गरेका उनी हाल पाणिनी बहुमुखी क्याम्पसकाे संचालक समिति सदस्य छन् । दर्जनाैं संघसंस्थामा आवद्ध भई जिम्मेवारी पदमा पुगि आफ्नाे जिम्मेवारी कुशलता पुर्वक सफल गरेकाे चाैहानकाे दावि छ ।
राजनिति यात्रामा एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदै थियो, रामबहादुर चौहान एमाले जिल्ला सचिव र पीताम्बर भुसाल सदस्य थिए । २०६९ सालमा एमालेकाे सातौं जिल्ला अधिवेशनबाट पिताम्बर भुसाललाई पराजित पार्दै चौहान सचिवमा निर्वाचित व्यक्ति हुन् ।
त्यस्तै नेकपा विभाजनको केही समयपछि माधव नेपालले बनाएकाे नयाँ पार्टीमा चौहानले जिल्लामा पार्टीभित्र विद्रोह गरेर समानान्तर पार्टीको नेतृत्व गरे । पार्टी फुटपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य समेत बन्न सफल भए । त्यस्तै हालै पुष्पकमल दाहाल नेतृत्वको माओवादी र नेपाल नेतृत्वको नेकपा एसबीच एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको चौहान अहिले केन्द्रीय सदस्य बनेका छन् ।

चाैहान नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पार्टीको चुनाव चिन्ह पाचँकुने तारा सहित २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यकाे चुनावी मैदानमा छन् । पार्टी संगठन पुर्नसंरचित भई अगाडी बढेकाे र सबै पुष्ताहरुकाे एजेण्डालाई समेत सम्बाेधन गर्ने पार्टी नेकपा भएकाेले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा विजयी हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अन्य नेताभन्दा सरल जीवन यापन विताएका उम्मेदवार चाैहान पछिल्लो समय राजनिति लगायत अन्य क्षेत्रमा समेत सबैकाे लाेकप्रिय नेता बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img