
- आज बिहान पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।
- भूकम्पको धक्का नेपालका विभिन्न जिल्लाका साथै भारत, भुटान र चीनमा पनि महसुस गरिएको छ।
- अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन।
काठमाण्डौ – नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पूर्वी नेपालका हिमाली तथा तराईका विभिन्न जिल्लामा धक्का महसुस भएको हो ।
भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक जानकारीअनुसार ताप्लेजुङको लेलेपबाट झण्डै २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।


























