कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ ।
यसअघिका एनपीएलका संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेलमा जित निकालेको छ ।