आज काग तिहार मनाइँदै

समाचार सारांश
Auto Generated by AI
  • कात्तिक कृष्ण त्रयोदशीका अवसरमा आज काग तिहार मनाइँदैछ।
  • कागलाई यमराजको दूत मानी मीठो खानेकुरा खुवाएर पूजा गरिन्छ।
  • यमपञ्चकका अन्य तिहारहरू क्रमैसँग भोलिबाट सुरु हुँदैछन्।

काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिई खुशी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने चलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । यमदीप दान हिजोदेखि नै शुरु भएको हो । गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ ।

भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर पाकुमा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन , उद्घाटन खेलमा आयोजक ‘बी’ र देउराली युवा क्लब विजयी

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

धन्चौरको तल्ला पाकुमा कात्तिक २० देखि खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

- Advertisement -spot_img
-Advertisement-spot_img