यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

समाचार सारांश
Auto Generated by AI
  • नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि धनतेरस र यमदीपदानका साथ सुरु भएको छ।
  • भोलि कागपूजा र धन्वन्तरी जयन्ती तथा पर्सि कुकुर तिहार र लक्ष्मीपूजा परेको छ।
  • यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत छ।

काठमाण्डौ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ ।  तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा धनतेरस मनाइन्छ । पछिल्ला केही वर्षयता काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि धनतेरस मनाउने चलन शुरु भएको छ । धनतेरसमा बेलुकी घरघरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ ।

आज धनतेरससँगै यमदीपदान गरिन्छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । पर्सि २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।

कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

धन्चौरको तल्ला पाकुमा कात्तिक २० देखि खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

पोखरालाई हराउँदै लुम्बिनी एनपीएलको शीर्षस्थानमा

त्रिवेणीद्वारा राज्यलाई १ वर्षमै १२ लाख २० हजार बढीको योगदानः शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश, ऋणी र नियमित बचतकर्तालाई पनि बोनस

- Advertisement -spot_img
-Advertisement-spot_img