त्रिवेणीद्वारा राज्यलाई १ वर्षमै १२ लाख २० हजार बढीको योगदानः शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश, ऋणी र नियमित बचतकर्तालाई पनि बोनस

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको त्रिवेणी सहकारीले गत आर्थिक वर्षमा राज्यलाई १२ लाख २० हजार भन्दा बढी कर बुझाएको छ।
  • संस्थाले आफ्ना शेयर सदस्यहरूलाई लाभांशका साथै बचतकर्ता र ऋणी सदस्यहरूलाई विभिन्न बोनस वितरण गरेको छ।
  • सहकारीले विभिन्न विधामा सम्मान कार्यक्रम गर्नुका साथै ऋण सेवा शुल्क मिनाहा गर्ने निर्णय समेत गरेको छ।

गोपाल भट्टराई अर्घाखाँची ।                           अर्घाखाँचीको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमै राज्यलाई १२ लाख २० हजार भन्दा बढी रुपैयाँ योगदान गरेको छ । संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा आयकर सहित विभिन्न सात वटा शीर्षकमा १२ लाख २० हजार २ सय ६५ रुपैयाँ राज्यलाई योगदान गरेको हो । यसमध्ये ६ लाख ४५ हजार ४ सय १४ रुपैयाँ आयकर रहेको छ ।
राज्यलाई आर्थिक योगदान पुर्याउनुका साथै संस्थाले आफ्ना १ हजार २ सय ५८ जना शेयर सदस्यलाई ५ दशमलव ६७ प्रतिशतका दरले शेयर लाभांश वितरण गरेको छ। शेयर लाभांश तथा संरक्षित पूंजीफिर्ता कोषमा जम्मा भएको २१ लाख २० हजार ४ सय ४६ रुपैयाँ शेयर सदस्यलाई बोनसका रूपमा वितरण गरिएको हो ।
गत शनिबार सन्धिखर्कमा सम्पन्न संस्थाको १५औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको आयव्यय विवरण तथा चालु आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम र बजेट पारित गरेसँगै शेयर लाभांश वितरण गरेको संस्थाका वरिष्ठ कर्मचारी तुल्सीराम खनालले जानकारी दिनुभयो ।
शेयर सदस्यलाई लाभांश वितरण गरेको त्रिवेणीले आफूबाट ऋण सेवा लिने सदस्य तथा नियमित मासिक बचतकर्तालाई समेत संरक्षित पुँजी फिर्ता कोषबाट बोनस प्रदान गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा उक्त कोषमा जम्मा भएको मध्ये १० लाख ९४ हजार रुपैयाँबाट ऋणको ब्याज बुझाउने सदस्यलाई ६ लाख ५६ हजार रुपैयाँ र मासिक बचतकर्तालाई ४ लाख ३८ हजार रुपैयाँ बोनस वितरण गरिएको संस्थाले जनाएको छ ।
२०६८ सालमा स्थापना भएको त्रिवेणी सहकारीले बचत संकलन तथा सुलभ ब्याजदरमा कर्जा लगानीसँगै सदस्यको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक विकास लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेतृत्व क्षमता विकास तथा सहकारी शिक्षा तालिम, पहिलो मालिक कार्यक्रम, त्रिवेणी शिक्षा पुरस्कार, त्रिवेणी पत्रकारिता पुरस्कार, महिला तथा बालबालिका केन्द्रित कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, शेयर सदस्यको आवधिक तथा दुर्घटना बीमा र मोबाइल बैंकिङ सेवा संस्थाका प्रमुख गतिविधि हुन् ।
संस्थामा हाल १ हजार २ सय ५८ जना शेयर सदस्य र २ सय ९२ जना बाल सदस्य आबद्ध छन् । २२ करोड रुपैयाँभन्दा बढीको पुँजी तथा २ करोड ३९ लाख रुपैयाँको जगेडा कोष रहेको संस्थाले राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैयाँ बराबरको शेयरसमेत खरिद गरेको छ ।
साधारणसभाले अध्यक्ष कमलप्रसाद घिमिरेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिव बेल्वासेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रामलाल भुसालद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
सदस्यलाई थप सहुलियत दिने निर्णय गर्दै संस्थाले कर्जा लगानीमा लिँदै आएको निवेदन दस्तुर र सेवा शुल्कसमेत मिनाहा गरेको छ । यसअघि ऋण लिने सदस्यबाट ५० रुपैयाँ निवेदन दस्तुर र ऋण रकमको ०.२५ प्रतिशत सेवा शुल्क
लिँदै आएकोमा कात्तिक १ गतेदेखि दुवै शुल्क नलिने व्यवस्था लागू गरिएको संस्थाका व्यवस्थापक दिपक पौडेलले जानकारी दिनुभएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग समेत जम्मा गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गर्ने सम्मानित:
१५औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाले पत्रकारिता, शिक्षा, सामाजिक योगदान तथा असल कारोबारका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई
सम्मान तथा पुरस्कृत गरेको छ ।
त्रिवेणी पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार राम खड्का सम्मानित हुनुभएको छ । सामुदायिक रेडियो अर्घाखाँचीबाट सञ्चारकर्ममा जोडिनुभएका
तथा हाल रेडियो मालारानीमा कार्यरत खड्कालाई सहकारी र नागरिकको हितमा पत्रकारिता मार्फत योगदान पु¥याएको भन्दै खादा, माला र नगदसहित सम्मान गरिएको हो ।
त्यस्तै, त्रिवेणी शिक्षा पुरस्कारअन्तर्गत एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने शेयर सदस्यका चार सन्तानलाई सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ जनज्योति माध्यमिक विद्यालय, चुत्राबेसीका पुजन भुसाल र भावना गौतम तथा संस्थागत विद्यालयतर्फ गौरीशंकर इङ्गिलस बोर्डिङ स्कुल, सन्धिखर्कका काश्या के.सी. र रिगल भट्टराई सम्मानित हुनुभएको छ ।
संस्थाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत अध्यक्ष कमलप्रसाद घिमिरे र भूमिकास्थान नगरपालिका–३ निवासी शेयर सदस्य ऋषिराम बन्जाडे सम्मानित हुनुभएको छ ।
७२ वर्ष पुग्नुभएका अध्यक्ष घिमिरेले उमेरलाई एउटा
तथ्याङ्कका रूपमा मात्रै लिनुपर्ने र उमेरकै आधारमा आफूलाई कमजोर वा बूढो महसुस गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।
यसैगरी, ऋण लिँदा गरिएको सम्झौता र सहमति अनुसार समयमै ऋण चुक्ता गरी असल कारोबार गर्ने आठ जना सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा मोहन
पाण्डे, विमला चुंदाली बन्जाडे, राजु विक, प्रकाश पन्थी, राजेन्द्र सुनार, विमला विक, ठाकुर प्रसाद भुसाल र राजेन्द्र दमाई रहनुभएको छ ।
संस्थाको पहिलो मालिक कार्यक्रम अन्तर्गत अघिल्लो वर्षको कात्तिकदेखि गत असोजसम्म मासिक रूपमा पहिलो सेवा लिने सदस्यहरू मध्येबाट छनोट भएका १२ जनालाई पनि सम्मान गरिएको छ ।
सम्मानित हुनेमा आशाकुमारी शर्मा घिमिरे, शर्मिला श्रेष्ठ, पुष्पा के.सी., सरस्वती भुसाल, ईश्वरी खनाल, सरस्वती भुसाल, गोविन्द वि.सी., दुर्गा श्रेष्ठ, विष्णुप्रसाद बन्जाडे, सीताकुमारी खत्री, टीकाराम खनाल र गणेश प्रसाद बन्जाडे रहनुभएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२÷०८३ मा सबैभन्दा बढी नयाँ शेयर सदस्य थप्न पहल गर्ने सरिता वली क्षेत्रीलाई पनि संस्थाले सम्मान गरेको छ ।
सहकारीमा गरिएको लगानी सुरक्षित रहेको सञ्चालकको दाबी:
पछिल्लो समय विभिन्न सहकारीमा देखिएका आर्थिक अनियमितता, बचत फिर्ता गर्न नसक्ने अवस्था र सञ्चालक फरार हुनेजस्ता घटनाले बचतकर्तामा बढेको चिन्तालाई सम्बोधन गर्दै त्रिवेणी सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षले संस्थामा गरिएको बचत तथा लगानी सुरक्षित रहेको दाबी गरेका छन् ।
संस्थाको नेतृत्व र व्यवस्थापकीय टोली दक्ष, सक्षम तथा मितव्ययी रहेको, बचत र लगानीलाई दिगो योजनाका आधारमा सञ्चालन गरिएको तथा ऋण लगानीमा आवश्यक सावधानी अपनाइएको उनीहरूको भनाइ छ । गलत ऋणीका कारण संस्थाको कारोबारमा समस्या आउन सक्ने अवस्था नरहेको स्पष्ट पार्दै सञ्चालक तथा
व्यवस्थापन पक्षले शेयर सदस्यलाई आफ्नो लगानीबारे अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन् ।
साधारणसभामा सहभागी सहकारीकर्मीले व्यक्ति, परिवार, समाज हुँदै समग्र राष्ट्रको आर्थिक समृद्धिमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सहकारीको उद्देश्य र मर्मअनुसार यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीश विरुद्ध ९ उजुरी

धन्चौर क्रिकेट प्रतियोगिताको उपाधि मालारानीलाई, आयोजक धन्चौर युवा समाज उपविजेता

सन्धिखर्कमा नेकपा अर्घाखाँचीको राष्ट्रिय जागरण अभियान भव्य रूपमा उद्घाटन

बिचौलिया–न्यायाधीश सम्बन्धबारे छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न सर्वोच्च फुलकोर्टको आग्रह

आरिचौरमा आज क्रिकेटको फाइनल, विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने

- Advertisement -spot_img
-Advertisement-spot_img