पदम गैरे पाल्पा ।पाल्पा-नेपाली कम्युनिस्ट पार्टी पाल्पाले जिल्लामा राष्ट्रिय जागरण अभियानको औपचारिक रूपमा सुरुवात गरेको छ ।
दुई महिनासम्म सञ्चालन हुने यस अभियानका क्रममा पार्टी एकताका बाँकी रहेका सबै कामहरू सम्पन्न गर्दै जनताको बीचमा पुगेर उनीहरूको सुखदुःख साटासाट गर्ने बताइएको छ ।
अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश कमिटी इन्चार्ज बलदेव खनालले पार्टीको आगामी कार्ययोजना र संगठनात्मक गतिविधिलाई तीब्रता दिँदै स्पष्ट भावी योजनाहरू निर्माण गरी अगाडि बढ्ने बताएका छन् ।
त्यस्तै, कार्यक्रममा पार्टीका लुम्बिनी संयोजक अब्दुल हुसेन खानले पार्टीलाई थप सुदृढ, गतिशील र जनतासँग अझ नजिक बनाउनका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अभियानलाई प्रभावकारी रूपमा सफल पार्न आग्रह गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज यादवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सहसंयोजक लीला सोमैले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सहइन्चार्ज चक्रब्यू थापाले राखेका थिए ।
दुई महिनासम्म चल्ने यस अभियानले पाल्पामा पार्टी संगठनलाई थप चलायमान बनाउने पार्टी ले जनाइएको छ ।



























