तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

समाचार सारांश
Auto Generated by AI
  • तिहारको चौथो दिन आज गाईको पूजा गरी श्रद्धापूर्वक मनाइँदैछ।
  • धार्मिक र सांस्कृतिक महत्त्वका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ।
  • भोलि गोवर्धन पूजा र पर्सि भाइटीकाको शुभ साइत रहेको छ।

काठमाण्डौ  – तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ ।

नेपालका केही ठाउँ र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको शुरुआतमा गाईपूजा गर्ने गरिएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने पनि गरिन्छ । यसअघि हिजो घरघरमा लक्ष्मीपूजा गरियो ।

त्यसअघि बिहान कुकुर तिहार मनाइएको थियो । काग तिहार अस्ति शनिबार परेको थियो । भोलि गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । साथै भोलिदेखि नेपाल संवत् ११४७ पनि शुरु हुँदैछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् पर्सि २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि पर्सि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

आज काग तिहार मनाइँदै

धन्चौर पाकुमा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन , उद्घाटन खेलमा आयोजक ‘बी’ र देउराली युवा क्लब विजयी

- Advertisement -spot_img
-Advertisement-spot_img