
- अर्घाखाँचीको भूमिकास्थान–१० मा कात्तिक २७ गतेदेखि वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदैछ।
- प्रतियोगितामा विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
- सहभागी हुन इच्छुक टोलीले कात्तिक २७ गते बिहान ११ बजेसम्म ३ हजार ५०० शुल्क तिरी नाम दर्ता गराउनुपर्नेछ।
हृदय भुसाल, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर देउरालीमा कात्तिक २७ गते खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। देउराली युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ।
खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार,मेड्ल र प्रमाणपत्र सहित पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी द्वितीय हुने टोलीले २० हजार मेड्ल प्रमाणपत्र र तृतीय हुने टोलीले १० हजार मेड्ल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने भुवन क्षेत्री बताउनु भयो ।
प्रतियोगितामा सहभागी हुने टोलीले कात्तिक २७ गते बिहान ११ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्। एक टोलीमा अफिसियलसहित ९ जना हुनुपर्ने, खेलाडीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य ल्याउनुपर्ने तथा खेलाडीको खानपिन र बसोबासको व्यवस्था सम्बन्धित टोली आफैँले गर्नुपर्ने नियम राखिएको छ। प्रतियोगिता लिग चरणको प्रणालीबाट सञ्चालन गरिने आयोजक पदम भट्टराईले बताउनु भयो ।
स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सुधीर नेपालीले बताउनुभयो। उहाँले प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण खेलाडी तथा खेलप्रेमीलाई आग्रह गर्नुभयो।
प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।। इच्छुक टोलीलाई समयमै नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ खेलकुदले युवाहरूमा अनुशासन, एकता र आपसी सद्भावको भावना विकास गर्ने बताउँदै प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको तेजलाल भट्टराई बताउनुभयो।
गाउँस्तरमा यस्ता प्रतियोगिताको आयोजना हुनु सकारात्मक भएको बताउँदै खेलकुदको माध्यमबाट स्थानीय प्रतिभालाई अगाडि बढाउन र युवाहरूलाई सिर्जनात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
‘खेलकुद नै स्वास्थ्यका लागि, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन देउराली युवा क्लबले स्थानीयवासी, खेलप्रेमी, संघसंस्था तथा सरोकारवाला सबैसँग अर्थिक सहयोग र सहभागिताका लागि आग्रह गरेको छ। आर्थिक रुपमा सहयोग गर्नु हुने ब्यक्ति संघ सस्थालाई विशेष संमान गरिने कार्यक्रम समेत रहेको भुवन क्षेत्रीले जानकारी दिनु भयो ।
प्रतियोगितासम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि भुवन क्षेत्री (९८४४७२७३३४), पदम भट्टराई (९८४७२२८९७९) र सुदिर पुनथोकी (९८५७०६६२५४) मा सम्पर्क गर्न सकिनेछ।


























