लामिछानेले आज पोखरा एभेन्जर्ससँगको खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका हुन् । उनले युवराज साम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २७ रन दिँदै ६ विकेट लिए ।
सन्दीप लामिछाने एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।
यस्तै लामिछाने एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्राे बलर बनेका छन् । यसअघि काठमाण्डाैका शाहब आलम र कर्णाली याक्सका विलियम बाेसिस्टाेले एकै खेलमा ६ विकेट लिएका थिए ।
यसैबीच पाेखराले विराटनगरलाई १३३ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे पाेखराले १७ ओभर ५ बलमा १३२ रन बनाउँदा सबै विकेट गुमायाे । पाेखराका युवराज साम्राले ८४ रन बनाए ।
विराटनगर ५ खेलमा ४ अङ्कसहित तालिकाकाे छैटाैँ र पाेखरा ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा बेलुकी ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्दैछन् । लुम्बिनी ५ खेलमा ७ अङ्कसहित तालिकाकाे तेस्राे र कर्णाली ५ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा साताैँ स्थानमा छ ।