२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सन्धिखर्कमा सम्पन्न :

अर्घाखाँची । नेकपा एमाले जिल्ला जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीको आयोजनामा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम आज सन्धिखर्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला भरका जनसंगठनका प्रतिनिधि, नेताकार्यकर्ता तथा विभिन्न तहका पार्टी पदाधिकारीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नरेन्द्र कुमार क्षेत्री हुनुहुन्थ्यो। विशेष अतिथि केन्द्रीय सल्लाहकार परिषद्का सदस्य जनार्दन खनाल, नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल, नेकपा एमाले लुम्बिनी कमिटी सदस्य केबी भुसाल, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा पूर्व सांसद बिजुला रायमाझी, प्रदेश परिषद्का सदस्य जीवनारायण कोइराला, मुक्ति मोर्चा अर्घाखाँचीका अध्यक्ष लक्ष्मण नेपाली, नेकपा एमाले सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसाल, प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, युवा संघ नेपालका केन्द्रीय सदस्य विनोद बस्नेतलगायतका नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले देशमा वर्तमान राजनीतिक परिस्थितिमा नेकपा एमालेको भूमिकाको चर्चा गर्दै संगठन सुदृढीकरण, जनताका समस्यामा संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। चाडपर्वले एकता, सहयोग र सहअस्तित्वको सन्देश दिने भएकाले यस किसिमका कार्यक्रमले संगठनभित्रको सम्बन्ध अझ सुदृढ हुने वक्ताहरूको भनाइ थियो।

कार्यक्रममा करिब ४०० जना जनसंगठन समन्वय संयन्त्रका कार्यकर्ताहरूको उपस्थिती रहेको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले आगामी राजनीतिक योजना, जनस्तरमा पार्टीको सन्देश विस्तार, र जनसंगठनहरूबीचको सहकार्यका विषयमा पनि सुझाव प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रमको अध्यक्षता नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीका जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष शम्भु पोखरेलले गर्नुभएको थियो भने सञ्चालन अनेरास्ववियु नेपालका जिल्ला अध्यक्ष विक्रम नेपालीले गर्नुभएको कार्यक्रममा स्वागत मक्तव्य उद्योग व्यापार महासंघ अर्घाखाँची अध्यक्ष पार्वता श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच शुभकामना आदानप्रदान गर्दै चाडपर्वले ल्याउने खुशी र एकताको सन्देशलाई जीवनमा उतार्ने प्रतिवद्धता जनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै