बाबुराम रसाइली (ताम्राकार)
४ मंसिर २०८२, अर्घाखाँची । सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयाेजना उपभोक्ता मुल संस्थाकाे छैठौं अधिवेशनमा स्वतन्त्र नागरिक समाजका तर्फबाट अध्यक्ष पदका प्रत्यासी बाबुराम भुसाल विजयी भएका छन् । भुसाल जिल्लामा क्रियाशिल चार राजनितिक दलहरु नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राजमाेसंगकाे संयुक्त विज्ञप्ति सहितका गठबन्धन प्यानलकाे जालाेलाई ताेड्दै अध्यक्ष पदमा विजयी भएका हुन् । विजयी भुसालकाे साझा प्यानललाई भने रास्वपा अर्घाखाँचीले एक विज्ञप्ति जारी गर्दै मतदान गर्न सबै उपभोक्ताहरुलाई आग्रह गरेकाे थियाे । 
२०८२ मंसिर २ गते संस्थाकाे साताैं साधारण सभा तथा सम्पन्न छैठौं अधिवेशनमा जिल्लामा क्रियाशिल राजनितीक दलहरुकाे संयुक्त गठबन्धन भर्सेस स्वतन्त्र नागरिक समाजकाे एकल साझा प्यानल बनाई चुनावी मैदानमा हाेमिएका भुसालले चुनाव जित्न त्यति सहज थिएन उनलाई चुनाव जित्न फलामकाे चिउरा चपाए सरी थियाे तर मुलुककाे परिवर्तन संगै खानेपानी उपभोक्ताहरुले संयुक्त गठबन्धन प्यानलकाे अध्यक्ष पदका साझा उम्मेदवार युवराज खत्री (प्रेम) नेतृत्वले प्राप्त गरेकाे ४४३ मतका विरुद्ध ५६३ मत प्राप्त गरी करिब १२० मतान्तरकाे अग्रताले पराजित गराउँदै भुसालले उक्त संस्थाकाे नेतृत्वमा ऐतिहासिक विजयी हासिल गरेका हुन् । निर्वाचनमा कुल मत १७३३ मध्ये १०६८ मत खसेकाे थियाे ।

भुसालले जिल्लामा अवस्थित विभिन्न संघसंस्थाहरु देखि वडा, स्थानीय, प्रदेश र संघमा समेत वर्षाै देखि भागवण्डामा जरा गाडी रहेकाे राजनितिक दलहरुलाई भने खानेपानी संस्थाकाे यस पटककाे निर्वाचनबाट दरिलाे चुनाैती दिएका छन् । उनी यस अघि नेपाली कांग्रेस सन्धिखर्क नगर समितिका सभापति थिए । उनले मुलुकमा अस्थिर राजनिति, चरम भ्रष्टचार, वेथिति, अन्याय र पार्टीका गलत गतिविधिमा वितृष्णाका कारण जेनजी आन्दोलन पश्यात् पार्टी तथा सभापतिकाे जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
त्यस्तै उक्त निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा स्वतन्त्रबाट वेदराज घिमिरेले ५१८ मत प्राप्त गरी बिजयी भएका छन् । उपाध्यक्षमा भेषबहादुर क्षेत्री गठबन्धन ४७१, सचिवमा जीवलाल पाैडेल (गाेपाल) गठवन्धन ४७४, काेषाध्यक्षमा सरिता महत क्षेत्री स्वतन्त्र ४७७, सहसचिवमा कल्पना पाेख्रेल गठबन्धन ४६१, मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै नविन सुनार गठबन्धन ५१२, कमला अर्याल गठबन्धन ४९४, मतिलाल खनाल गठबन्धन ५१६ मत प्राप्त गरि सदस्य पदमा विजयी भएका छन् । साथै लेखा समितिमा सुनिता बेल्वासे गठबन्धन ४१२ मत प्राप्त गरि संयाेजक पदमा विजयी भएकी छिन् भने कमल ढकाल ५२९, ज्ञानबहादुर बि.क. ४६० मत प्राप्त गरि लेखा समिति सदस्य पदमा विजयी भएका हुन् ।

























