बाबुराम रसाईली
६ मंसिर २०८२, मालारानी । मालारानी गाउँपालिका वडा नं ६ हंसपुर रतनमारेमा रहेको फूलबारी साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे ७ औं वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निर्मला मिश्रकाे अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथि मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई रहेका थिए । भट्टराईले उक्त साधारणसभालाई मैनबत्ति प्रज्वलन र ब्यानर बाचन गरि उद्घाटन गरेका हुन् ।
यस्तै अतिथि मालारानी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नारायण प्रसाद अर्याल, ७ का वडाध्यक्ष खडक प्रसाद भुसाल, ८ का वडाध्यक्ष नरेन्द्र कुमार बस्नेत र ९ का वडाध्यक्ष महेन्द्रबाबु खनाल, संस्थाका सल्लाहाकार संयाेजक लालु राना, अन्नपूर्ण कृषि सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद मिश्र, नेपाल पत्रकार महासंघका निवर्तमान जिल्ला सदस्य बाबुराम रसाईली, मालारानी कृषि तथा पशु उद्यमशिलता विकास परियाेजनाका फाेकल पर्सन चन्द्रबहादुर पाण्डे लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
सभामा संस्थाको २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा २०८२/८३ काे वार्षिक कार्यक्रम बजेट संस्थाका अध्यक्ष निर्मला मिश्रले प्रस्तुत गरेकी हुन् । भने संस्थाका लेखा समिति संयोजक माया परियारले प्रगति प्रतिवेदन प्रस्तुत गरेकि हुन् ।
त्यस्तै संस्थाकाे प्रगति तथा आ.व. २०८१/०८२ काे लेखापरीक्षण प्रतिवेदन संस्थाका प्रवन्धक लालु खनाल पाैडेलले प्रस्तुत गरेकी हुन् ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भट्टराईले संस्थाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई कृषिमा उत्प्रेरित गर्ने कार्य गर्दै आइरहेको र आवश्यक कृषि ओैजारहरु उपलब्ध गराएकाे बताउदै उनले साना किसानहरुलाई व्यवसायी बनाउन सहकारी कटिबद्ध रहेको साथै स–साना किसानहरुको आर्थिकस्तर उकास्ने कार्यका लागि नै सहकारीले विभिन्न योजनाहरु ल्याएकोमा प्रसंसा गर्दै उक्त संस्थालाई पालिकाबाट हुनसक्ने आवश्यक सहयाेग र समन्यव गरि काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

जिल्लाकाे मालारानीमा रहेकाे मालारानी गाउँपालिका वडा नं. ६ रतनमारेमा अवस्थित उक्त संस्थाले संस्थामा आवद्ध ७० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यहरुलाई दाेसल्ला र प्रशंसा पत्रले सम्मान गरेकाे हाे । त्यस्तै मालारानी ६, ७, ८ र ९ वडामा अवस्थित विभिन्न विद्यालयका विपन्न, असहाय, गरीब विद्यार्थीहरुलाई विद्यालय झाेला वितरण गरेकाे छ । साथै साेही वडा रहेका विभिन्न माविहरुमा अध्ययन गरि २०८१ काे SEE परीक्षा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरेकाे हाे । त्यस्तै उद्यमी तथा उत्कृष्ट कृषकहरुलाई प्रमाण पत्रले सम्मान गरिएकाे हाे ।
२०७४ सालमा स्थापना भएकाे उक्त सहकारी संस्थाले आर्थिक तथा सामाजिक, महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरु, सांस्कृतिक उन्नतिका कार्यक्रमहरु, कृषि उपज, कृषि यान्त्रीकीकरण सेवा, गैर वित्तीय सेवा लगायतकाे क्षेत्रमा नमुना सहकारीकाे पहिचान बनाउन सफल र विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागि साना किसान सदैव अग्रसर रहने संस्थाका अध्यक्ष मिश्रले बताईन ।
फूलबारी साना किसान कृषि सहकारी संस्थामा आवद्ध सदस्य संख्या १७८२ रहेकाे र साेही सदस्य संख्यामा संस्थाकाे तर्फबाट ऋण लगानी गरी तरकारी उतपादनमा ७ जना, पशुपंक्षिमा २० णजना, व्यापार व्यवसाय तर्फ १२ जना र फलफुल खेती तर्फ ४ जना गरि जम्म ४३ जना कृषकहरुलाई व्यवसायिक उद्यमी बन्न सफल भएकाे संस्थाका सहायक प्रवन्धक प्रतिभा भलामीले बताएकी हुन् । साथै सभामा मालारानी डान्स एकेडेमीका नृत्य कलाकारहरुले मनाेरन्जन दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष निर्मला मिश्रकाे अध्यक्षता, सहायक प्रबन्धक प्रतिभा भलामीकाे संचालन र उपाध्यक्ष सरस्वता सारु थापाकाे स्वागत मन्तव्यमा समापन भएकाे थियाे ।

























