बावुराम ताम्राकार (रसाइली)
१९ भाद्र २०८२, काठमाण्डाैं । पर्यावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा समर्पित अग्रणी गैर-नाफामुखी गैर-सरकारी संस्था CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल) ले आज काठमाडौंमा आफ्नो १२औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। ८ जेठ २०७१ मा स्थापना भएको क्लिन अप नेपालले स्वच्छ वातावरण, स्वच्छ हावा, स्वच्छ पानी र जिम्मेवार जीवनशैलीमार्फत ज्ञान सम्पन्न, स्वस्थ र सशक्त समुदाय निर्माण गर्ने उद्देश्यसहित काम गर्दै आएको छ।
“स्वच्छ र स्वस्थ नेपाल” को दृष्टिकोणसहित अगाडि बढिरहेको यस संस्थाले पर्यावरणीय सुशासन र समुदाय-आधारित समाधानलाई अगाडि बढाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। साधारण सभामा संस्थाले आफ्नो पाँच प्रमुख रणनीतिक क्षेत्रहरू फोहर व्यवस्थापन, जलवायु कार्य र न्याय, चक्रीय अर्थतन्त्र, वातावरणीय तथा दिगो फोहर व्यवस्थापन शिक्षा, पानी, सरसफाइ र स्वच्छतामा केन्द्रित रहि यो वर्षका क्रियाकलापहरु सञ्चालन गरेको बताएको छ । साथै यी रणनीतिक क्षेत्रमा काम गर्दा विपद् जोखिम न्यूनीकरण, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, बाल संरक्षण, र दिगो विकासजस्ता अन्तरविषयगत समेत समेटिएको बताएको छ । बार्षिक सधारण सभालाई संस्थाका अध्यक्ष आमोद कर्माचार्यले आर्थिक बर्ष ८१/८२ मा गरेका कामहरुको भिडियो शुभारम्भ गर्दै उद्घाटन गरेको थिए । संस्थाका कोषाध्यक्ष नवराज पौडेलले संस्थाको आर्थिक बर्ष २०८१/८२ को रु. ४ करोड ८० लाख ५२ हजार सातसय सत्ताईस आम्दानी र रु. ३ करोड ९६ लाख ३८ हजार नौसय पच्चपन्न खर्च विवरणको आर्थिक प्रतिवेदन पेश गरेको थिए भने लेखा परिक्षक सुजन सुबेदीले संस्थाको लेखा परिक्षण गर्दाको साराँश प्रतिवेदन पेश गर्दै संस्थाको लेखा प्रणाली एकदमै उत्कृष्ट, प्रविधिमा आधारित र कुनै वित्तिय त्रुटी नदेखिएको बताए । कार्यकारी निर्देशक रविन्द्र लामिछानेले आर्थिक बर्ष २०८१/८२ मा संस्थाको बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै प्रमुख उपलब्धिहरू वातावरणिय स्वच्छता, फोहरमैला व्यवस्थापन, चक्रीय अर्थतन्त्र निर्माण, हरित कार्यका लागि स्थानीय र राष्ट्रिय तहमा नीतिगत वकालत गरिएको बताए । साझेदारहरु संस्थाहरुको सहकार्यमा नदि सरसफाई, अनौपचारिक ससफाईकर्मीहरुको पेशागत हितको सुरक्षा, क्षमता अभिबृद्धि तथा स्वास्थ सुरक्षा, युवा तथा महिला लक्षित उद्यमशिलता र नेतृत्व क्षमता विकास, जलवायु न्यायको लागि महिला र युवाहरुको क्षमता विकासका विवरण प्रस्तुत गरे । साथै फोहरमैला व्यवस्थापन र प्रदुषण नियन्त्रणमा विद्यालय, स्थानीय सरकार र समुदायको अगुवाईमा अभियान, क्षमता विकास र प्रविधि हस्तान्तरण गरिएको बताए । स्थानीय सरकारको बातावरणमैत्री र हरित कार्य सम्बन्धी नीति निर्माण, समुदाय र स्थानीय सरकारको अगुवाईमा फोहरमैलाको व्यवस्थापनमा गर्न सफा नेपाल एप मार्फत गुनासो सम्बोधन र विध्यालय शुन्य फोहर कार्यक्रमका उपलब्धी प्रस्तुत गरे ।

व्यवसयिक सामाजिक जवाफदेहिता अभिबृद्धिको लागि नीक्षि क्षेत्रसंग सहकार्य गरि बृक्षरोपन, सरसफाई अभियान, संकलित फोहरमैलाको नीज क्षेत्रसंग सहकार्य र संयोजन गरिएको बताए । यस बर्ष संस्थाले सञ्चालन गरेको कार्यक्रमबाट आर्थिक बर्ष २०८१/८२मा ३ हजार ६ सय भन्दा धेरै अभियानकर्मीहरुको सहभागितामा १५० टन फोहर संकलन गरिएको, ५०० अनौपचारिक फोहर संकलनलाई प्लाष्टिक व्यवस्थापन तालिम दिइएको, ५३० जनालाई व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराईएको, ४६८ जनालाई सामाजिक सुरक्षा योजनामा आवद्ध गरिएको, वातावरण संरक्षण हरियाली प्रवर्धनका लागि २२०० बृक्षरोपन भएको, २६५ जनालाई जलवायु न्याय सुशासन सम्बन्धी क्षमता विकास गरिएको, ४५ जना सरसफाईर्की महिलाहरुलाई स्वास्थ्य सेवा दिएको, ५७ विद्यालयका सयभन्दा धेरै शिक्षक र ४ हजार भन्दा धेरै विद्यार्थीहरु विद्यालयमा शुन्य फोहर कार्यक्रम अन्तर्गतको दिगो फोहर व्यवस्थापन क्षमता विकासबाट लाभ लिएको बताए । कार्यक्रमको अतिथी ललितपुर महानगरपालिकाका वातावरण सरसफाई शाखा ईञ्जिनियर श्री प्रदिप अमात्यले क्लिनअप नेपालसंगका लामो सहकार्य र साधारणसभामा प्रस्तुत उपलब्धीले गैरसरकारी संस्था प्रति हाल देखिएको अविश्वासलाई विश्वासमा बदल्ने गरि कार्य भएको बताए । यसै गरि काठमाण्डौं महानरपालिका वातावरण विभाग महाशाखा प्रमुख श्री सानुमैया महर्जनले संस्थाले काठमाण्डौंको नदि सरसफाई, फोहरमैला व्यवस्थापन र फोहरबाट संभावना खोज्ने कार्यमा योगदान गरेकोले आगामि दिनमा दिर्घकालिन श्रोतमा केन्द्रित हुन सुझाब पेश गरेका हुन्। यसै गरि समाज कल्याण परिषदका बोर्ड सदस्य श्री नारायण गिरीले गैरसरकारी संस्थाहरुका कार्यमा हाल व्यापक गुनासो र प्रश्नहरु उठिरहेको तथा सरकारले गैरसरकारी संस्थाहरुको भूमिकालाई खुम्च्याउने गरि संसदमा विधेयक प्रस्तुत गरेको सन्दर्भमा क्लिनअप नेपालको बार्षिक प्रगति र सुशासन प्रतिको असल कार्य सबैले सिक्न जरुरी रहेको बताए । साथै बदलिलो परिस्थितीमा दातृ निकायबाट श्रोतको संकुचन भैरहेको सन्दर्भमा क्लिनअप नेपालले कोकाकोला फाउण्डेसन, स्ट्यान्डर्ड चार्टड बैंक जस्ता नीजि क्षेत्रसंगको सहकार्यमा फोहरमैला व्यवस्थापन, जलवायु न्याय र वातावरणिय संरक्षको क्षेत्रमा सिक्न लायक काम गरेकोले परिषदको तर्फबाट प्रसंसा गरे । साधारण सभामा संस्थाको सामाजिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै आईडिइएका कार्यकारी निर्देशक हंशराज जोशीले क्लिनअप नेपालले प्राप्त श्रोतहरुको समुचित र प्रभावकारी उपयोग गरेको, सरोकारवाला प्रभावकारी समन्वय गरेको, संस्थागत सुशासनमा प्रभावकारी रहेको, र कार्यक्रमको दिगोपनामा ध्यान दिएको बताए । साथै आगामी दिनमा श्रोतको विविधीकरणमा अझ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा फोहरमैला व्यवस्थापन, चक्रीय अर्थतन्त्र, वातावरण संरक्षण र जलवायु न्यायमा कार्यरत आईएम स्वीडिस, पिपल ईन निड, इसिमोड लगाएतका साझेदार संस्थाहरु, निजिक्षेत्रका प्रतिनिधीहरु, गैरसरकारी संस्थाका प्रतिनिधीहरु, पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता थियाे साथै उक्त साधारण सभा आमाेद कर्माचार्यकाे नेतृत्वमा ७ सदस्यीय नेतृत्व चयन गर्दै सम्पन्न भएकाे हाे ।

























