प्रचण्डलाई ओलीको आग्रह : हाम्रो भूमि के भइरहेको छ ? खुलस्त भन्नुस्

१६ चैत, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन्।

निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उनले सुझाव दिए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । उनले भने, ‘सरकारले कमसेकम जमिनको बारेमा, हाम्रो भौगोलिक अखण्डताको बारेमा बोल्नुपर्छ । प्रधानमन्त्रीले बोल्नुस् हाम्रो भूमि के भइरहेको छ । कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस् ।’

ओलीले थपे, ‘विदेश भ्रमणमा जाँदै हुनुहुन्छ, त्यहाँ बोल्न सक्ने त उहाँको खुबी नै छैन । आफ्नो जमिनको दाबेदारीको कुरा गर्न जाँदै हुनुहुन्छ कि अरु नै कुरा ? प्रश्न दाबेदारी कि ताबेदारीको भन्ने हो ।’

नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेको उनले बताए । तर सरकार यसबारे चुप रहेको ओलीको आरोप छ । ‘हाम्रो भूमि खुम्चिँदो छ, हाम्रो सीमा मिचिँदो छ, सरकार मौन छ । किनभने यसमा बोल्यो भने सरकार धरापमा पर्न सक्दछ,’ पूर्वप्रधानमन्त्री ओलीले भने । आफ्नो पद खतरामा पर्छ भनेर बोल्न डराउनेले देशको पक्षमा पनि काम गर्न नसक्ने ओलीको भनाइ छ ।

चुनावमा समेत बाहिरबाट कसले ‘सपोर्ट’ गर्छ उसैले जित्छ भनेर चर्चा चल्ने गरेको भन्दै ओलीले अभ्यास आन्तरिक हुने भए पनि हिसाब बेग्लै हुने गरेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img