संयुक्त विद्यार्थी संगठनद्वारा पाणिनी क्याम्पसमा तालाबन्दी

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । शुक्रबार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ ।

पाणिनीमा चार वर्षदेखि संचालक समिति नबन्दा क्याम्पसको प्रशासनीक काम गर्न असहज भएको, संचालक समिति नबनेपछि स्ववियु निर्वाचन पनि अनिश्चित बन्न गएको हुँदा तालाबन्दी गर्न बाध्य भएको नेविसंघका प्रतिनिधि विशाल आचार्यले बताए । यस्तै लामो समयदेखि जिल्लाका क्रियाशिल राजनैतिक दलहरुलाई संचालक समिति बनाउन क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुले आग्रह गर्दा समेत उनिहरुले ध्यान नदिएको कारण तालाबन्दी गरेको विद्यार्थी संगठनहरुका नेताहरुले बताएका छन् ।

संचालक समिति बनाउनुपर्ने माग राख्दै विद्यार्थी संगठनहरुले लामो समयदेखि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको अखिल (क्रान्तिकारी) का अध्यक्ष सुदिप खनालले जानकारी दिए । खनालले विद्यार्थी संगठनहरुको माग पुरा नभएसम्म ताला नखुल्ने बताएका छन् । ‘हामीले संचालक समिति बनाउन लामो समयदेखि पहल ग¥यो तर यहाँका राजनैतिक दलहरुले चासो नदेखाएका कारण आज तालाबन्दी गर्न बाध्य भयौं ।’ उनले भने ‘अब छिटोभन्दा छिटो राजनैतिक दलहरुले संचालक समिति गठन गरि स्ववियु चुनावको समेत मिति ताक्नुपर्छ, अनि मात्र हामीले ताला खोल्नेछौं, यसबाट विद्यार्थी, शिक्षकहरुमा पर्न गएको असरप्रति क्षमाप्राथि छौं ।’

यस्तै विद्यालय प्रशासनले तालाबन्दी नखुलेसम्म शिक्षकहरुले विद्यार्थीलाई पढाउन नसकिने बताएको छ । तालाबन्दी गर्ने कार्यक्रममा नेविसंघका प्रतिनिधि विशाल आचार्य, अनेरास्ववियुका प्रतिनिधि विक्रम नेपाली, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुदिप खनाल, अनेरास्ववियूका प्रतिनिधि नविन वि.क, अखिल (छैठौं)का जिल्ला अध्यक्ष जीवन नेपाली, बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष पदम नेपाली, विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरी सी लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै