लुम्बिनीका मुख्यमन्त्री गिरीद्धारा पदभार ग्रहण, प्रदेशमा मन्त्रालयको संख्या घटाइने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सपथ ग्रहण गरे लगत्तै पदभार पनि ग्रहण गरेका छन् । आज लुम्बिनी प्रदेशको स्थाही राजधानी दाङको राप्ती उपत्यकामा अवस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरी आज विहिबार सपथ ग्रहण गराएका थिए । गिरीसँगै एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्रको तर्फबाट नेतृ कृष्णा केसीले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । लुम्बिनी प्रदेशका ५८ जना सांसदहरुको सहमतीमा सरकार गठन भएको हो । एमाले–माओवादीसँगै राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी र २ स्वतन्त्र सांसदहरुको समेत समर्थन रहेको छ ।

यस्तै नवनियुक्त मुख्यमन्त्री गिरीले पदभार गरेपछि बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री चेतनारायण आचार्यलाई दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img