बालुवाटरमा सता साझेदार दलको बैठक बस्दै, मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटरमा सत्ता साझेदारको बैठक बस्दै छ । आज बस्ने बैठकमा सत्तासाझेदार दलका अध्यक्षहरूको बैठकमा सरकारको नीति तथा कार्यक्रम, मन्त्रीपरिषद् विस्तार, पहिलो मन्त्रीपरिषद् बैठकले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन, मुख्यमन्त्रीको भागबन्डालगायतका विषयमा छलफल हुनेछ । साथै सरकारमा सहभागी रहेका कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा पनि विस्तृत छलफल हुनेछ ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तीव्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक पुस २५ गतेका लागि बोलाइएको छ । यसअघि हिजो ललितपुरको खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

संसद्को पहिलो बैठकअगावै मन्त्रीपरिषद् विस्तारसहित शक्ति बाँडफाँडसँग जोडिएका विषय प्याकेजमै टुंगो लगाउने दुई नेताबीच समझदारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । ओलीसँगको छलफलअघि प्रचण्डले हिजो नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो ।

गएको १० गते सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । तर सत्ता गठबन्धनमा सामेल केही दलले अझै सरकारमा सामेल हुने वा नहुनेबारेमा निर्णय गरिसकेका छैनन् ।

हिजो मात्र राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले न्यूनतम साझा कार्यक्रममा सहमति भएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रीपरिषदबाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्नेलगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जानेबारे निर्णय गर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img