१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

नेकपा एकीकृत समाजबादी धन्चौरद्वारा सुभकामना तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Workplace

हृदय भुसाल अर्घाखाँची मनेकपा एकीकृत समाजबादी भुमिकास्थान नगरपालिका वाड न १0 धन्चौरको आयोजनामा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एबम पार्टी लुम्बिनी प्रदेश कमिटी सचीवालय सदस्य तारापती भट्टराईले सुभकामना व्यक्त गर्दै बिचार र व्यबहार सगै बोकेर हिडेको पार्टीलाई जनताले साथ दिने बताउनु भयो । नेता भट्टराईले प्रतिगमनको विरुद्धमा बिद्रोह गर्दै पार्टी अगाडी बढेकोले समाजवाद सम्म पुग्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि एबम पार्टी जिल्ला कमिटी सचिब युबराज पौडेलले सोही अबसरमा सुभकामना व्यक्त गर्दै पार्टी अब बिकास, स्वरोजगारि र समृद्धिको यात्रामा अगाडी बढेको भन्दै अब पार्टीले सबै पार्टी कार्यकर्तालाई उत्पादनमा जोड्दै अगाडी बढ्ने बताउनु भयो ।सचीव पौडेलले पार्टी आगामी दिनमा जनताको सामाजबादी एजेन्डा सहित अगाडी बढेको बताउनु भयो । सुभकामना कार्यक्रममा समाजबादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हृदय भुसाल,पेशागत महासंघ जिल्ला अध्यक्ष भोजन गुरुङ,प्रदेश सदस्य घनश्याम खनाल,जिल्ला कमिटी सचिवालय सदस्य सुधीर नेपाली ,लगायतले सुभकामना व्यक्त गर्नु भएको थियो । सुभकामना कार्यक्रममा जिल्ला सल्लाहकार बिनाराम भट्टराई,अनेरास्ववियु जिल्ला सह सहयोजक पदम रिजाल नगर कमिटी सदस्य मित्रलाल भुसाल, राम कला नेपाली लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि ज्ञान बहादुर बिक,शालिक बहादुर घर्ती, बिमला घर्ती लगायत १0 जनाले समाजबादी प्रवेश गरेको पार्टीले जनाएको छ । सुभकामना कार्यक्रम पार्टी अध्यक्ष सुभ बहादुर समालको अध्यक्षता उपाध्यक्ष बिष्णु चुदालीको स्वागत मनतब्य र सचिब नवीन घर्तीनगरको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै