चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने चीन पहिलो देश बनेको छ ।
तालिबानले झाओ जिङको नियुक्ति अन्य देशहरूलाई आफ्नो सरकारसँग सम्बन्ध स्थापना गर्ने सङ्केत भएको बताएको छ । अन्य कुनै देशले तालिबान सरकारलाई मान्यता दिएका छैनन् ।
अफगानिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना भइरहेको भनेर तालिबानको आलोचना भइरहेको छ ।
तालिबान सरकारसँग वार्ता शुरु गर्ने देशमध्ये चीन पनि एक हो । चीनको परराष्ट्र मन्त्रालयले अफगानिस्तानसँग वार्ता र सहयोगलाई अगाडि बढाउने बताएको छ ।