एमाले लुम्बिनीको नेतृत्व चुन्न मतदान सुरु

१९ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।

रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् । उनीहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । शनिबार र आइतबार सहमतिको प्रयास गरे पनि नेताहरु सफल भएनन् । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन सहमतिको प्रयास असफल हुँदा दुई दिन लम्बिइसकेको छ ।

लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् । उनी अध्यक्षका प्रत्यासीद्वय कँडेल र रिजाल दुवै पक्षको समूहमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img