मधेश प्रदेशमा एमालेका पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको छ ।

एमालेका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जयद आलम तथा गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले सामूहिक राजीनामा दिनुभएको छ ।

केन्द्रमा आएको सत्ता परिवर्तनका कारणले मधेश प्रदेशको सरकारमा नेकपा एमाले बसिरहन उपयुक्त नभएको भन्दै आफूहरूले राजीनामा दिएको नेकपा एमालेका संसदीय दलका नेता समेत रहनुभएका सरोज कुमार यादवले जानकारी दिनुभयो ।

उहाँहरूको राजीनामा मुख्यमन्त्री सरोज कुमार यादवले स्वीकृत गरी र प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिवको नाउँमा तोक आदेश गर्नुभएको छ ।

मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमाले सरकारबाट बाहिरिएपछि र प्रदेश सभाका दोस्रो ठूलो दलको रुपमा रहेको नेपाली काँग्रेस प्रदेश सरकारमा सामेल हुने बाटो खुल्ला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै