अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प विरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो । ट्रम्पमाथि विवाहेतर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा लाग्ने बीबीसीले जनाएको छ । मुद्दा दर्तासँगै ट्रम्पको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ । ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा रहनुभएकोमा अब त्यो बाटो बन्द हुने देखिएको बीबीसीले जनाएको छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पले पूर्व पोर्नस्टार स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन ।

पूर्वराष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । उहाँले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भन्नुभएको छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img