आज मन्त्रिपरिषद् विस्तार हुने, शीतल निवासमा शपथको तयारी

काठमाण्डाै – नयाँ मन्त्रीहरुको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले यसको लागि तयारी थालेको छ ।

आज मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको छलफलपछि दिउँसो ३ बजे शपथको तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गएको चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले अघिल्लो हप्ता नै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको थियो । तर गठबन्धन दलहरुभित्र भागबण्डा मिलाउन समय लागेपछि त्यसको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । सत्ता साझेदार दलहरुमध्ये ९ दलले मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन दलहरुबीच कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भैसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img