२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

राष्टिय स्वतन्त्र पार्टी सन्धिखर्क नगर अध्यक्षमा आचार्य चयन

Workplace

९ चैत अर्घाखाँची । राष्टिय स्वतन्त्र पार्टी सन्धिखर्क नगरपालिकाको नगर सभापतिमा प्रकाशचन्द्र आचार्य चयन भएका छन् । सन्धिखर्कमा हिजो बुधबार सम्पन्न भएको सन्धिखर्कको प्रथम नगर भेलाले आचार्यलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

केही दिनमै पदाधिकारी तथा सदस्यहरु चयन गर्नेगरी तत्कालको लागि भेलाले नगर सभापति मात्र चयन गरेको पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले जानकारी दिए । संगठन निर्माण तिव्र पारेको स्वतन्त्र पार्टी अर्घाखाँचीले जिल्लाका सवै स्थानीय तहहरुमा पालिका स्तरीय समिति निर्माण गरिरहेको छ ।

को हुन् आचार्य ?

त्रिभुवन बिश्वबिद्यालय अन्तरगतको आर आर क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका आचार्यसंग काठमाण्डौ तथा अर्घाखाँची जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा प्राध्यापन गरेको अनुभव छ । आचार्य हाल गौरिशंकर इङ्गलिस बोर्डिङ्ग स्कूलमा कोर्डिनेटरको रुपमा कार्यरत छन् ।

काठमाण्डौ म्यास रेपिड कन्सोर्टियमको म्यानेजर, गार्डेप ९युरोपियन युनियन को प्रोजेक्ट ० युरोपियन डाईरेक्टरको सचिब हुदै विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय गैरसरकारी सस्थाको कार्यानुभब भएका आचार्य अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं। १० का स्थाई बासिन्दा हुन् ।

अर्घाखाँची जिल्लामा रहेका विभिन्न सामाजिक क्षेत्रमा लामो समयदेखी सक्रिय रहेका ४० वर्षिय आचार्य अर्घाखाँचीमा बौद्धिक तथा शैक्षिक व्यक्तिको रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै