९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा पूर्ण परिवर्तन ल्याउन ढिला गर्न हुँदैन्ः राष्ट्रपति

Workplace

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रवार सङ्घीय संसदको सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको जनाउँदै उहाँले ती विषयलाई सरकारले समयबद्ध कार्ययोजना बनाएर नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने नै विश्वास व्यक्त गर्नुभयो ।

सम्बोधनकै क्रममा राष्ट्रपति भण्डारीले देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा पूर्ण परिवर्तन ल्याउन ढिला गर्न नहुने बताउनुभयो । उहाँले निराश जनशक्तिबाट कुनै पनि देश उँभो लागेको उदाहरण नभेटिने बताउँदै अहिले युवा तथा शिक्षित बेरोजगारहरूमा देखिएको चरम निराशाको अवस्थालाई तोड्न सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालले सधैँ असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको भन्दै राष्ट्रपति भण्डारीले हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरुरी नभएको पनि बताउनुभयो । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सुरक्षामा किञ्चित पनि सम्झौता नहुने गरी कुनै पनि देशसँग मित्रता कायम गर्नुपर्ने र एकअर्काको हितमा सहकार्य गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै