१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

एकीकृत समाजवादी सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुङ्गो लाग्ने

Workplace

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताउनुभएको छ । आज आइतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव खतिवडाले यस्तो बताउनुभएको हो ।

उपमहासचिव खतिवडाले पार्टीले भोलि (सोमवार) का लागि पोलिटब्युरो बैठक डाकेको पनि बताउनुभयो । पोलिटब्युरो बैठकबाट आएका सुझावका आधारमा मात्रै सरकारमा जाने/नजाने भन्ने विषयको टुङ्गो लाग्ने उहाँले बताउनु भयो । उहाँले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘पोलिटब्युरो बैठकले दिने सुझावका आधारमा मात्र यी विषयहरूमा थप धारणा बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । पार्टी एकता बाहिरको हल्लामात्रै हो ।’

उपमहासचिव खतिवडाले स्थायी कमिटी बैठकले पार्टी निर्माण, सुदृढीकरण र विस्तारका बारेमा छलफल गरेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै