गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आयोः अध्यक्ष नेपाल

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताउनु भएको छ । उहाँले देशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको पनि बताउनुभयो ।

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आज मङ्गलवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औँल्याउनुभयो ।

अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नागरिकको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिमा देश र नागरिकको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उहाँले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले पार्टीका तर्फबाट नवनिर्वाचित नेतालाई जनअपेक्षित काम गरी जनजनमा पुग्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै