लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैको दाबी, को बन्ला मुख्यमन्त्री?

१२ पुस,बुटवल । लुम्बिी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैको दाबी रहेको छ । २९ जना सांसद सहित पहिलो दल बनेको एमाले र ९ जना सांसद सहित तेस्रो दल बनेको माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै प्रदेश समीकरणमा पनि फेरबदल हुने भएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्यमा ८७ सांसद रहेका छन् । लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ ।

यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना (रुकुम पूर्व–१ का सुरुल पुन, रोल्पा–२ का दीपेन्द्रकुमार पुन र नवलपरासी–२(२) का खड्क बस्नेत) ले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् । उता नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्र रहेकाले स्वतन्त्र सांसदले सममर्थन नगरे पनि यहा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।

यसो त नयाँ सरकारको मुख्यमन्त्रीमा एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले लुम्बिनीमा सरकारको नेतृत्वमा सशक्त दाबी रहेको बताउँछन् । ‘लुम्बिनीमा एमालेको नेतृत्व दाबी स्वभाविक र जायज छ कहाँको २९ सिट कहाँको ९ सिट ?’ उनले भने, ‘केन्द्रका नेताहरुसँग पनि छलफल भइरहेको छ ।’

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताए । ‘मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ,’ बरालले भने ।

को बन्ला मुख्यमन्त्री?
मुख्यमन्त्री बन्न संसदीय दलको नेता चयन हुनुपर्नेमा अहिलेसम्म नेतृत्व दाबी गरेका दलहरुले संसदीय दलको नेता चयन गरेका छैनन् ।

नेकपा एमालेबाट लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालले दाबी गरेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । केही दिनभित्रै संसदीय दलको नेता चयन हुने उनले बताए ।

पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा तीन वर्ष उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए भने ढकाल संसदीय दलको प्रमुख सचेतक थिए । श्रेष्ठ र आचार्य भने नेकपा विभाजनपछि केही महिना क्रमशः स्वास्थ्य तथा जनसंख्या र आन्तरिक मामिलामन्त्री भएका थिए । वरीयता क्रममा गिरी सिनियर हुन् ।

मुख्यमन्त्रीका दाबेदार भोजप्रसाद श्रेष्ठले जनताको आकांक्षा सम्बोधन गर्न सक्ने, विगतमा गरेका कामहरुको ‘पर्फमेन्स’ हेरेर दलको नेता चयन गर्ने विषयमा शीर्ष नेतृत्वले सोेच्नुपर्ने बताउँछन् ।

प्रदेश मन्त्रिपरिषद् अनावश्यक ठूलो आकारको हुँदा र सुशासन दिन नसक्दा प्रदेशप्रति जनतामा देखिएको आक्रोश र वितृष्णा बढ्न नदिने गरी काम गर्न सक्ने भिजन र योजना भएका नेता दलको नेता र मुखयमन्त्री हुनुपर्ने आफ्नो मत रहेको श्रेष्ठले बताए ।

माओवादीबाट मुख्यमन्त्रीका सशक्त दाबेदार प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि रोल्पाका जोखबहादुर महरा दलको नेता हुने निश्चित जस्तै छ ।

महरा पार्टीका सिनियर नेता भएकाले अरूले दाबी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img