२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

प्रधानमन्त्री प्रचण्डले लिए शपथ, ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

Workplace

११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सोमबार नै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । उपप्रधानमन्त्रीहरुमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

शपथ लिँदै उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।

मन्त्रीहरुको भने कार्यविभाजन तोकिएको छैन । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै