१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अरू दलहरूसँग संवाद थाल्ने

Workplace

काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अरू दलहरूसँग संवाद थाल्ने निर्णय गरेको छ ।

आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गठबन्धन र अरू दलहरूसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

प्रवक्ता महतले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि गठबन्धनमा छलफल गरेर टुङ्गो लगाइने पनि बताउनुभयो ।
यस्तै बैठकले संसदीय दलको नेता छान्न सह–महामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली रहनुभएको प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले आउँदो बुधवारभित्र नेपाली कांग्रेस संसदीय दलको नेताको चुनाव भइसक्ने बताउनुभयो ।
उज्यालोमा साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै