४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

निर्वाचित सांसदको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफलः माओवादी केन्द्र

Workplace

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका निर्वाचित सांसदको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएको छ ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताउनुभएको हो । संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भए पनि शपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासङ्गत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले त्यसबारे संसदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताउनुभयो । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उहाँले गठबन्धन रहि नै रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै