४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

काँग्रेस अर्घाखाँचीको बैठक सम्पन्न, जिल्लाको विकास र समृद्धिका लागि हातेमालो गर्न तयार

Workplace

अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीको समिक्षा बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । विभिन्न ३ वटा महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

वि.पी. स्मृति भवन सन्धिखर्कमा २ दिनसम्म चलेको बैठकलले हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित वातावरण सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्र सेवक कर्मचारी, गठबन्धनमा आबद्ध दलका नेता, भातृ संघ÷संगठनका नेता तथा कार्यकर्ता, पत्रकार तथा आम जिल्लाबासिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका उम्मेदवारहरु टोप बहादुर रायमाझी, चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरेसँगै देशैभरबाट निर्वाचित जनप्रतिनिधिहरुको सफल कार्यकालको कामना सहित बधाई ज्ञापन गर्ने भएको छ । साथै जिल्लाको विकास एवं समृद्धिमा हातेमालो गर्न काँग्रेस अर्घाखाँची तयार रहेको प्रतिवद्धता व्यक्त गर्ने समेत निर्णय गरेको प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।

गठबन्धनका साझा उम्मेदवारहरुलाई मत प्रदान गर्ने जिल्लाका ६१ वटै वडाका मतदाताहरुलाई धन्यवाद दिन वडा तथा पालिका स्तरमा कार्यक्रम गर्ने निर्णय प्रचार विभाग प्रमुख भुसालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै