काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी हुनुभएको छ ।
विजयी राप्रपाका बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता एवम् गृहन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा बालकृष्ण खाण सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने बोहरा एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार बन्नुभएको हो ।