गठबन्धनकाे अपिल : ‘अत्यधिक बहुमतले विजयी गराउनुस्’

काठमाण्डौ – संविधानको भावनाअनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि देशव्यापीरूपमा सत्ता गठबन्धनमा आबद्ध उम्मेदवारलाई विजयी गराउन गठबन्धन आबद्ध प्रमुख चार पार्टीका अध्यक्षले आग्रह गरेका छन् ।

गठबन्धनका तर्फबाट आज बिहीवार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आम चुनावलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भइ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका हुन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज संयुक्तरूपमा जारी गरेका विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको प्रचारप्रसारको क्रममा नै गठबन्धनको पक्षमा देशव्यापीरूपमा जनलहर आएको र नेता कार्यकर्तामा उत्साह पैदा भएको संयुक्त अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ, ‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई–दुई पटक गरेको प्रतिनिधि सभाको विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनुका सट्टामा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’

डेढ वर्षको अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा पालिका चुनाव सम्पन्न गरेको र त्यसमासमेत सहकार्य रहेको उल्लेख गर्दै अपिलमा यस चुनावमा समेत गठबन्धन एक ठाउँमा उभिएको बताइएको छ । संविधानमााथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारलाई छिटोभन्दा छिटो सम्पन्न गरी देशलाई विकासशील देशको दर्जामा माथि उठाउने लक्ष्यका साथ सङ्कल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेको अपिलमा उल्लेख छ ।

गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्नो पक्षमा मत माग्नु स्वाभाविक नै भएको अपिलमा उल्लेख छ । गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुसार राजनीतिक स्थायित्व दिने दाबी पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img