२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

अर्घाखाँचीमै एकमात्र महिला उम्मेदवार

Workplace

नेत्र मरासिनी अर्घाखाँची, कार्तिक २७ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि अर्घाखाँचीमा एक जना मात्र महिला उम्मेदवार हुनुहुन्छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जनाले उम्मेदवारी दिएका छन ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको हो ।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका छन् । २५ जना उम्मेदवार रहेता पनी प्रतिनिधी तथा प्रदेश सभामा एक जना मात्र महिला हुनुहुन्छ ।

एक लाख ६४ हजार ७ सय ६८ मतदाता रहेको अर्घाखाँचीमा आधा मतदाता महिला रहेका छन् । ८२ हजार ५ सय ९३ पुरुष मतदाता छन् भने ८२ हजार १ सय पचहत्तर महिला रहेका छन् । संख्यात्मक हिसाबमा महिला र पुरुष मतदाता आधा आधा देखिएपनि पुरुषहरु कामको शिलशिलामा देश बाहिर रहेका कारणलेपनी चुनावी प्रक्रियामा पुरुष भन्दा महिलाको संख्या दुईतिहाइ रहेको पाइन्छ ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट पहिलो पल्ट निर्वाचन जित्नुभएकी भुसालले यसपालि संघको निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष चुनावमा प्रतिस्पर्धामा हुनुहुन्छ ।

२०२८ सालबाट राजतितिमा सक्रिय भुसाल नेपाल महिला संघ हुदै पार्टिको केन्द्रिय राजनितीमा सक्रिय हुनुहुन्छ । उहाँले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गर्नुभयो । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

पाँच दलिय गठबन्धनबाट उम्मेद्वार बन्नुभएकी भुसालले हालसम्म प्राप्त उपलब्धीको रक्षा गर्न सके मात्र आगामी भविष्य निर्धारण हुने भएकोले संविधान जोगाउँदै देशलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान सकिने बताउनुहुन्छ । उपसभामुख सम्म बन्नुभएकी भुसालले संविधान मस्यौदा समितीमा रहेर संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेलेको पाइन्छ ।

संविधानले संसदिय निर्वाचनमा कम्तिमा ३३ प्रतिशत र स्थानियमा ४० प्रतिशत सिट महिलाको सुनिश्चित गरेको भएपनि देशैभर महिलाको उपस्थिती न्यून देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै