दलित, सिमान्तकृत समुदायको समग्र बिकासको लागि विशेष पहल गर्छु: पुष्पा भुसाल

अर्घाखाँची । प्रतिनिधीसभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले दलित समुदायलाई माथी उठाउनको लागि एक बिद्यालय एक दलित जेहेन्दार शिक्षकको ब्यबस्था गर्नको लागि नितिगत योजना बनाउनमा लागेको बताउनु भयो । दलित समुदाय जत्तीको सीप र क्षमता अरु समुदायमा नभएको भन्दै हरेक हिसाबले सदियौ देखि च्यापिएर पछाडी परिरेको बताउनु भयो । अब संविधान निर्माणको काम सम्पन्न भईसकेकोले संविधानलाई जोगाउँदै जनताको आबस्यक्तालाई मध्यनजर गर्दै आर्थिक क्रान्तीमा लाग्नु पर्नेमा जोड दिनु भएको हो ।

त्यस्तै अर्घाखाँची जिल्लालाई समुन्नत बनाउन अबको ५ बर्ष अर्घाखाँचीको हरेक बस्ती बस्तिको जिबनस्तर उकास्नको लागि कुनै कसुर बाकी नराख्ने बताउनु भयो । उहाले भन्नू भयो , यहाँका सडकहरु दु्रत गतीमा बनाउनु पर्नेछ,प्राविधिक शिक्षालय खोल्ने मैदान देखी, खानेपानीका योजना सम्पन्न गर्नुपर्ने छ ।’ अब विकासमा अर्घाखाँचीले फड्को मार्ने उहाको भनाई छ ।

सितगङ्गाको विभिन्न चुनावी कार्यक्रमहरुमा सहभागी हुँदै भुसालले विगतमा संविधान बनाउने महत्वपुर्ण अभिभार पुरा गरेको भन्दै अबको काल विकासको काल भएकाले आफ्नो पुरै ध्यान विकासमा केन्द्रित भएको बताउनु भएको हो ।

त्यस्तै प्रदेस सभा सदस्य ‘ख’पद्का उम्मेदवार कमल भुसाले अब केन्द्र र प्रर्देसमा गठबन्धनको सरकार बन्ने भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र कांग्रेसकै नेतृत्वमा समुन्नती हासिल हुने ठकुवा गर्नु भयो। ईतिहासमा कांग्रेस नेतृत्वमै विभिन्न आन्दोलन सफल भएका र संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेकाले अब कांग्रेसकै नेतृत्वमा विकासले गती लिने उहाँको भनाई थियो ।

चुनाबी अभियानमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केसब श्रेष्ठ , एकीकृत समाजवादिका केद्रीय सदस्य पिताम्वर भुसाल, सुन्दर रायमाझी , जिल्ला अध्यक्ष राम बहादुर चौहान लगायतका नेताहरु उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img