
अर्घाखाँची । प्रतिनिधीसभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले दलित समुदायलाई माथी उठाउनको लागि एक बिद्यालय एक दलित जेहेन्दार शिक्षकको ब्यबस्था गर्नको लागि नितिगत योजना बनाउनमा लागेको बताउनु भयो । दलित समुदाय जत्तीको सीप र क्षमता अरु समुदायमा नभएको भन्दै हरेक हिसाबले सदियौ देखि च्यापिएर पछाडी परिरेको बताउनु भयो । अब संविधान निर्माणको काम सम्पन्न भईसकेकोले संविधानलाई जोगाउँदै जनताको आबस्यक्तालाई मध्यनजर गर्दै आर्थिक क्रान्तीमा लाग्नु पर्नेमा जोड दिनु भएको हो ।

त्यस्तै अर्घाखाँची जिल्लालाई समुन्नत बनाउन अबको ५ बर्ष अर्घाखाँचीको हरेक बस्ती बस्तिको जिबनस्तर उकास्नको लागि कुनै कसुर बाकी नराख्ने बताउनु भयो । उहाले भन्नू भयो , यहाँका सडकहरु दु्रत गतीमा बनाउनु पर्नेछ,प्राविधिक शिक्षालय खोल्ने मैदान देखी, खानेपानीका योजना सम्पन्न गर्नुपर्ने छ ।’ अब विकासमा अर्घाखाँचीले फड्को मार्ने उहाको भनाई छ ।
सितगङ्गाको विभिन्न चुनावी कार्यक्रमहरुमा सहभागी हुँदै भुसालले विगतमा संविधान बनाउने महत्वपुर्ण अभिभार पुरा गरेको भन्दै अबको काल विकासको काल भएकाले आफ्नो पुरै ध्यान विकासमा केन्द्रित भएको बताउनु भएको हो ।
त्यस्तै प्रदेस सभा सदस्य ‘ख’पद्का उम्मेदवार कमल भुसाले अब केन्द्र र प्रर्देसमा गठबन्धनको सरकार बन्ने भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र कांग्रेसकै नेतृत्वमा समुन्नती हासिल हुने ठकुवा गर्नु भयो। ईतिहासमा कांग्रेस नेतृत्वमै विभिन्न आन्दोलन सफल भएका र संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेकाले अब कांग्रेसकै नेतृत्वमा विकासले गती लिने उहाँको भनाई थियो ।
चुनाबी अभियानमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केसब श्रेष्ठ , एकीकृत समाजवादिका केद्रीय सदस्य पिताम्वर भुसाल, सुन्दर रायमाझी , जिल्ला अध्यक्ष राम बहादुर चौहान लगायतका नेताहरु उपस्थिति रहेको थियो ।