नेकपा बहुमत सहित तिन राजनैतिक दलको चुनाव विरोधी कार्यक्रम सम्पन्न

अनिल नेपाली अर्घाखाँची । बर्तमान सरकारले धोषणा गरेको निर्वाचन मसिर ४ नेपालमा रहेका अधिकाश राजनितिक दलले आफ्नो पक्षमा निर्वाचनलाई पार्नको लागि दिनरात नभई चुनाबी मावल तताईरहेको बेलामा अर्घाखाँचीमा रहेका केही राजनितिक दल नेकपा (बहुमत), नेकपा मशाल र नेकपा (क्रान्तिकारी–माओवादी)ले अर्घाखाँचीमा विरोध सहित आफ्ना कार्यक्रम जनताको माझमा ल्याएका छन् । जिल्लाको सन्धिखकं नगरालिकाको पकले, भुमिकास्थान नगरपालिकाको धारापानी, ढाकाबाङ, असुरकोट, बेलकोट र नुवाकोट लगायतका स्थानहरुमा सयुत्त रुपमा तीन दलले कोणसभा गरेका हुन् ।

कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टी .(बहुमत)का जिल्ला सेक्रेटरी नविन खड्काले सरकारले घोषणा गरेको निर्वाचन नेपाल र नेपाली जनताको पक्षमा नभएकोले खारेज गरेरै छाड्ने बताए । नेता खड्काले नेपालमा रहेका संसदबादी दलले चुनाव नाटक मञ्चन गरेर जनताको आँखामा छारो हालेकोले नेपाली जनताले संसदीय चुनावको सशक्त विरोध गर्ने बताए । सेक्रेटरी खड्काले संसदीय व्यवस्थाका नाममा जिल्लामा रहेका राजनितिक दलले पटक पटक चुनाव जितेर शासन सत्तामा पुगेर पनि वास्तविक रुपमा जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा मशालका नेता कृष्ण केसीले संसदीय व्यवस्थाले नेपाली जनतालाई निकास नदिने जनतालाई सरकारको अनुमुति गराउने कुरा छाडेर मुलुकमा भ्रष्टाचार अत्याचारका घटना बढाएकोले यसको अन्त्य गरेर मुलुकमा जनताको शासन सत्ता ल्याउनुपर्ने बताए । तीन दलले केही दिन अगाडि देखि जिल्लाका विभिन्न स्थानमा कोणसभा सहित विरोध प्रर्दशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै