माक्र्सवाद र यसको सान्र्दभिकता

कृष्ण भुसाल
मे ५ १८१८ तारिखको दिन माक्र्सवादका प्रतिपादक तथा बैज्ञानिक समाजवादका सिद्धान्तकार कार्ल माक्र्सको जन्म जर्मनको राइन प्रान्तमा एक सभ्य परिवारमा भएको थियो । कार्ल माक्र्सले आफ्ना अनन्य मित्र फ्रेडरिक एंगेल्सको सहयोगमा कम्युनिष्ट लिगको तर्फबाट सन १८४८ फेब्रुअरी १२ तारिखको दिन कम्युनिष्ट घोषणापत्र जारि गर्नुभयो । त्यस पश्चात कम्युनिष्ट घोषणापत्र विश्व सर्बहारा बर्गको मुक्तिको सिद्धान्त र मागदर्शक सिद्धान्त बन्यो । कम्युनिष्ट घोषणापत्रको पहिलो प्रकाशन हुँदा कार्ल माक्र्सको उमेर २९ बर्ष र फ्रेडरिक एंगेल्सकको उमेर २७ बर्ष मात्रै थियो । घोषणापत्र तयार गर्दाको समयमा मजदुर वर्ग स्वतन्त्र सामाजिक शक्तिको रुपमा स्थापित हुने कुराको कल्पना समेत गर्न कठिन थियो । त्यतिबेला मजदुर वर्गहरुको संगठित आन्दोलनलाई राज्यसत्ताको विकल्पको रुपमा लिने अवसथा नै थिएन । त्यस समयमा कम्युनिष्ट पार्टीको घोषणापत्रका माध्ययमबाट माक्र्स र एंगेल्सले मजदुर वर्ग स्वतन्त्र स्वतन्त्र सामाजिक शक्तिका रुपमा विकास भइरहेको कुरामात्र गर्नुभएको थिएन , उहाँहरुले मजदुर वर्गकै नेतृत्वमा हुने राजनैतिक क्रान्तिले उदाउँदै गरेको पुँजिवादको अन्त्य हुने समेत उद्घोष समेत गर्नुभयो । साथै पुँजीवादको अन्त्यपछि श्रमजिवि बर्गको नेतृत्वमा समाजवाद हुँदै साम्यवाद निमार्ण हुने वैज्ञानिक निष्कर्ष अगाडी सार्नुभयो । वास्तवमै कम्युनिष्ट घोषणापत्रको प्रकाशनलेनै सर्वहारा, श्रमजिवि वर्ग एउटा नयाँ राजनैतिक शक्तिको रुपमा स्थापित भयो ।

पुँजीवादी राजनैतिक अर्थशास्त्रको गहन अध्ययनको क्रममा कार्ल माक्र्सले , पुँजीवादको पत्रहरु केलाउँदै सन १८६७ मा पुँजीको प्रथम खण्ड प्रकाशन गर्नुभयो । त्यसले माक्र्सलाई मजदुर वर्गको बिचमा मात्रै होइन, बौद्धिक बर्गका बिचमा पनि गहिरो गरि स्थापित गर्ने काम गर्यो । कार्ल माक्र्सद्वारा लिखित पुँजीको दोस्रो र तेस्रो खण्ड चाहिँ उहाँको अवसानपछि उहाँका अनन्य मित्र एंगेल्सले प्रकाशनमा ल्याउनुभयो । माक्र्सद्वारत्रमा लिखित पुँजीको तिन खण्डहरु अध्ययन गर्ने जो कोहिलेपनि माक्र्सको राजनैतिक अर्थशास्त्रमा कति गहन दखल थियो भन्ने कुरा सजिलै अनुमान गर्न सक्दछन । साथै माक्र्सको देहान्तपछि पनि पुँजीको दोस्रो र तेस्रो खण्ड प्रकाशन हुनुले माक्र्सवादको विकासमा माक्र्स एंगेल्सको सहकार्य कस्तो रहेछ भन्ने कुरा प्रष्ट पार्दछ ।

माक्र्सको जीवनकाल भन्दा पहिले पनि समाजवादका चिन्तक नभएका होइनन । माक्र्स खास खालको ऐतिहासिक कालखण्डमा वा पुँजीवादी युगमा जन्मीएको हुनाले उनले पुँजीवाद अगाडिको मानव इतिहासको वर्गीकरण गर्नको लागि विभिन्न दार्शनिकहरुका विचारधारालाई आत्मसात गरेको पाइन्छ । दार्शनिक कार्ल माक्र्स भन्दा पहिले समाजवादका चिन्तकहरुमा सेन्ट सायमन , चाल्र्स फुरिए, रोबर्ट आवेन आदि थिए । माक्र्सवादले मानव प्रकृति वा स्वभावलाई श्रमको सक्षमताको लागि उद्देश्यपुर्ण र रचनात्मक कार्यमा प्रयोग हुन्छ भनेर चित्रण गरेकोे छ । जतिबेला माक्र्सवादको बिकास भयो त्यतिबेला विश्व यति खुला भइसकेको थिएन । ज्ञान सिद्धान्तहरु प्नि एक ठाउँबाट अर्को ठाउँमा सहजै हस्तान्तरण हुने अवस्था तयार भइसकेको थिएन । तसर्थ माक्र्सवादको विकासमा युरोपेली समाजको वर्ग संघर्ष र त्यहाँ विकास भएका ज्ञान सिद्धान्तहरुको भुमिका ज्यादा रहेको पाइन्छ । कार्ल माक्र्स आफैले पनि युरोपको मजदुर आन्दोलन र राजनैतिक आन्दोलनलाई नजिकबाट अध्ययन गर्नुभयो साथै प्रत्यक्ष र परोक्ष रुपमा सहभागि हुनुभयो । माक्र्सपछिको समयमा माक्र्सवादको सिर्जनात्मक विकासको पक्षसमेत एक हदसम्म ओझेलमा पर्यो ।

समकालिन विश्व परिस्थितीमा माक्र्सवादको सान्र्दभिकताको कुरा गरिरहँदा विश्व प्रशिद्ध कम्युनिष्ट घोषणपत्रको प्रकाशन भएको पनि १७२ बर्ष पुगेको छ । यस अवधिमा पुँजीवादी दुनियाँ र विश्व कम्युनिष्ट आन्दोलनमा निके ठुलो परिवर्तन आइसकेको छ । अक्टोबर क्रान्तिको सफलतापछि विश्व व्यवस्थाको एक महत्वपुर्ण हिस्सा बन्न सफल भएको कम्युनिष्ट आन्दोलन सोभियत संघको बिघटनछि रक्षात्मक अवस्थामा पुगैकै हो । राज्यसत्ताको सवालमा विश्व कम्युनिष्ट आन्दोलन यतिबेला कमजोर अवस्थामानै रहेको छ । आफ्नो देशको विशेषतामा आधारित रहेर माक्र्सवादको सिर्जनात्मक प्रयोगको नाममा माक्र्सवादको आम बुझाइमा समेत समस्या देखिएको छ । माक्र्सवाद लागु गर्ने सन्दर्भमा उर्पयुक्त राजनैतिक प्रणाली कसतो रहने भन्ने सन्र्दभमा समेत बहस चलाउन जरुरी देखिन्छ । साथै माक्र्सवादी दर्शनले मानव समाजको संबृद्धिमा के कस्ता प्रभाव पारेका छन छन भन्ने विषयमा पनि बहस सुरु गर्नु आवश्यक छ ।

आज धेरै विद्वान तथा विश्लेषकहरुले यो बुझेका छन कि माक्र्सवादी दर्शन विश्वको व्याख्या गर्न र विद्यमान बिरोधावासहरुले ल्याएको सामाजिक आर्थीक संकटबाट छुटकरा दिनको लागि अत्यन्तै सुसंगत दर्शन हो । समकालिन समाजका केहि बुर्जुवा बौद्धिकहरले पनि, माक्र्सले निचोड निकालेको मानव क्ष्तिहास , वर्गीय विभेदको धारणा र सामाजिक विकासको आर्थीक नियमलाई उपयोग गर्नुपर्ने आवश्यकता बुझेका छन । हालसालै ग्रीसका अर्थशास्त्री, शिक्षाविद एवं पुर्व अर्थमन्त्री यानिस वरौफकिस लेख्छन कि , माक्र्सको विश्लेषण वर्तमान द्विबिधा बुझ्नको लागि र यसबाट निस्कनको लागि प्रयोग गरिने चाबि हो । अहिलेसम्म पनि , बुर्जुवा बौद्धिकहरुले सोभियत संघको पतनलाई माक्र्सवादी दर्शनको झुठा प्रमाणको रुपमा औँल्याएपनि समग्रमा पुँजीवादी संकटबाट पार लगाउने चाबी भनेकै माक्र्सवाद हो ।

सोभियत संघको बिघटनलाई सिंगो माक्र्सवादको असफलता संग जोड्नु किमार्थ सहि होइन । सोभियत संघ बिघटन हुनुमा विभिन्न आन्तरीक समस्याहरु रहेका देखिन्छन , जस्तै सबै घटक राज्यहरुलाई संवैधानिक रुपमै आत्मनिर्णयको अधिकार प्रदान गरिनु, राज्य संस्थाका प्रतिनिधिहरु जनताको सेवकको रुपमा भन्दा नोकरशाहि रुपले प्रस्तुत हुनु , जनताबाट पार्टी अलग हुनु , भिन्न मतलाई दबाइनु , कृषि प्रणाली र उद्योगलाई आधुनिकिकरण गर्न नसक्नु , पश्चिमि देशमा पेट्रोलियम पदार्थमा आएको लगातार गिराबटले अर्थव्यवस्थालाई असुरक्षित बनाउनु, चरम गुटबन्दी आदी थिए । यि समस्याहरुलाई र कमजोरीहरुलाई माक्र्सवादको असफलता संग जोड्नु कुनै पनि बिन्दुबाट पनि सान्र्दभिक देखिँदैन । माक्र्सवाद विश्वमा असफल भएको होइन बरु सोभियत नुमुना मात्रै असफल भएको मान्न सकिन्छ । कार्ल माक्र्स र कम्युनिष्ट बिचारधाराका धेरै आलोचकहरुले प्राय सामान्य अनुसन्धानकै आधारमा वा सतहि रुपमै आलोचना गरेको पाइन्छ । त्यो कदापि राम्रो होइन ।

माक्र्सवादको सान्दर्भिकता दिन प्रतिदिन बढ्दै गइरहेको छ , किनभने यो विश्व सर्वहाराबर्ग र उत्पीडित बर्गसंग जोडिएको छ । आज सर्वहारा , श्रमजिवि वर्गमात्र होइन , महिला, दलित , आदीबासी जनजाती , अल्पसंख्यक समुदायपनि विभिन्न किसिमको दमन , शोषण र विभेदमा परेका छन । अहिलेको अवस्थामा सर्वहारा वर्ग र उत्पीडित जनसमुदायबिच बलियो एकता आवश्यकता कायम हुनु पर्दछ । सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिको लागि माक्र्सवादले नै पथप्रदर्शन गर्दछ । बर्तमान विश्वमा संकटग्रस्त तथा बर्बर साम्राज्यबादको विकल्प केबल माक्र्सवादले मात्र प्रस्तुत गर्न सक्दछ र त्यो विकल्प भनेकै बैज्ञानिक समाजबाद हो । माक्र्सवाद स्थिर रहन सक्दैन, यो गतिशिल विज्ञान हो र यसले प्रयोगको माग गर्दछ । यसको विकास प्रयोगका बिचबाटै हुने गर्दछ ।

माक्र्सवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले वैज्ञानिक र सर्वश्रेष्ठ रहेको छ दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , राजनैतिक अर्थशास्त्रको क्षेत्रमा श्रमको मुल्य तथा अतिरिक्त मुल्यको सिद्धान्त , समाजवादको क्षेत्रमा वर्ग , वर्ग संघर्ष , सर्वहारावर्गको अधिनायकत्व एवं राज्य सत्ताको बिलोपिकरण अर्थात साम्यवादमा आधारित प्रस्थापना ऐतिहासिक र तार्किक दुवै दृष्टिले वैज्ञानीक र वस्तुनिष्ठ रहेको छ । माक्र्सवादको विकासमा युरोपेली ज्ञान सिद्धान्तको प्रमुख योगदान रहेको छ , जसलाई रुसि समाजवादी क्रान्तिका नायक लेनिनले माक्र्सवादका तिन स्रोतको रुपमा त्यसको विश्लेषण गर्नुभएको छ । ति स्रोतहरुमा जर्मन दर्शनशास्त्र , बेलायति अर्थशास्त्र र फ्रान्सेली समाजवाद रहेका छन । उहाँले माक्र्सवादका तिन संगठक अंगहरुमा द्वन्द्वात्मक भौतिकवाद , अतिरिक्त मुल्यको सिद्धान्त र वर्ग संघर्षको सिद्धान्तको उल्लेख गर्नुभएको छ । ति सवै क्षेत्रमा माक्र्स र एंगेल्सका योगदानहरु ऋद्वितिय रहेका छन । माक्र्सवादका रुपमा स्थापित उहाँहरुका ति बिचार तथा सिद्धान्तहरुले यतिबेलापनि मानवसमाजलाई गहिरोगरि दिशानिर्देश गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img