मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

समाचार सारांश
Auto Generated by AI
  • मनसुन भित्रिए पनि सक्रिय हुन नसक्दा देशभर औसतभन्दा कम वर्षा भएको छ।
  • वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै गर्मी र तातो हावा बढेको छ।
  • मनसुन अझै देशभर फैलिन सकेको छैन तर केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

काठमाण्डौ – मनसुन भित्रिएको एक हप्ताभन्दा बढी भइसक्दा पनि अझै सक्रिय हुन सकेको छैन । राम्रोसँग पानी नपर्दा गर्मी बढेको छ ।

धान रोपाइँले पनि गति लिन सकेको छैन । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिख अर्थात अस्ति ११ गतेसम्म  देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा २१४ मिलिमिटरको ६९.६ प्रतिशत हो ।

दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख  छ । विभागका अनुसार विशेष गरी महिनाको शुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन ।

मौसमविद्का अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो । कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

देशभर मनसुन विस्तार हुन सकेको छैन । कोशीदेखि लुम्बिनीसम्मका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने मौसमविदको अनुमान छ ।

गएराति पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ । आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मधेश प्रदेशका थोरै ठाउँमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

- Advertisement -spot_img
-Advertisement-spot_img