दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

समाचार सारांश
Auto Generated by AI
  • दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
  • यो सेवा आजदेखि टीकाको दिनसम्म बिहान ८ देखि बेलुका ६ बजेसम्म लगातार तीन दिन सञ्चालन हुनेछ।
  • प्रहरी प्रधान कार्यालय हल्चोकबाट छुटेका दुईवटा बसले उपत्यकाका विभिन्न मुख्य रुटमा सेवा दिनेछन्।

काठमाण्डौ – दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बलले काठमाण्डौ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहजताका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको जनाएको छ । दशैँमा काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातका साधन न्यून रूपमा चल्ने भएकाले आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ निःशुल्क २ वटा बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

निःशुल्क बस सेवा आजदेखि लगातार ३ दिन अर्थात् दशैँको टीकाका दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई सेवा दिनेछ ।

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क, हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

महाअष्टमीको अवसरमा आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिँदै

बडादशैँको सातौँ दिन आज फूलपाती

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

- Advertisement -spot_img
-Advertisement-spot_img