दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

समाचार सारांश
Auto Generated by AI
  • दशैँ र तिहारमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मौज्दात रहेको छ।
  • कम्पनीले थप चिनी आयातको तयारी गर्दै डिलर र सहकारीमार्फत तोकिएको मूल्यमा वितरण गरिरहेको छ।
  • देशभर सहुलियत पसल सञ्चालनमा रहे पनि अहिले चिनीमा दिइँदै आएको विशेष छुट भने बन्द गरिएको छ।

काठमाण्डाै – मुख्य चाड दशैँ र तिहारमा चिनीको अभाव हुन नदिन आवश्यक मौज्दात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीसँग अहिले झन्डै २२ हजार क्विन्टल चिनी मौज्दात रहेको र आवश्यकताअनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनुभएको छ ।

सरकारले उपलब्ध गराएको २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल आइसकेको र बाँकी १५ हजार क्विन्टल आवश्यकताअनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो ।

कम्पनीले मौज्दात रहेको चिनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्थामार्फत वितरण गरिरहेको छ । सरकारले उपलब्ध गराएको चिनी काठमाण्डौ उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री भइरहेको छ ।

खाद्य कम्पनीले यस वर्ष गएको साउन २८ गतेदेखि नै सहुलियत पसल सञ्चालनमा ल्याएको थियो । अहिले देशका ४४ जिल्लाका १९३ ठाउँबाट सहुलियत पसल सञ्चालन भइरहेका छन् । अरू खाद्यवस्तुमा छुट भए पनि चिनीमा दिइँदै आएको छुट भने अहिले बन्द गरिएको मिश्रले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज धेरै ठाउँमा मौसम सफा रहने

- Advertisement -spot_img
-Advertisement-spot_img