घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

समाचार सारांश
Auto Generated by AI
  • दशैँ मनाउन हालसम्म करिब दुई लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
  • घटस्थापनायता २७ हजारभन्दा बढी सवारी साधनमार्फत यात्रुहरू घर फर्किएका हुन् ।
  • दशैँ नजिकिएसँगै काठमाडौँका विभिन्न नाकाहरूमा यात्रुको चाप र चहलपहल बढेको छ ।

काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै २ लाख पुगेको छ ।

घटस्थापनायता हिजोसम्म एक लाख ८८ हजार जनाले काठमाण्डौ  उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म २७ हजार ७ सय वटा गाडीबाट एक लाख ८८ हजार जना काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन् ।

काठमाण्डौ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । साथै २४ हजार ६ सय गाडीबाट १ लाख ६० हजार यात्रु उपत्यका भित्रिएका छन् ।

दशैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज धेरै ठाउँमा मौसम सफा रहने

सुनचाँदीको भाउ घट्यो

- Advertisement -spot_img
-Advertisement-spot_img