१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

समाचार सारांश
Auto Generated by AI
  • देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आज सकिएको छ।
  • प्रस्तावित राजदूतहरूको नामावली अनुमोदन गर्ने विषयमा समितिमा आन्तरिक छलफल जारी छ।
  • सुनुवाइका क्रममा साउदीका लागि प्रस्तावित राजदूतले प्रयोग गरेका अमर्यादित शब्द रेकर्डबाट हटाइएको छ।

काठमाण्डाै – १३ वटा देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सकिएको छ । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबियासहित १३ वटा देशका लागि राजदूत सिफारिश गरेको थियो ।

अस्ति सोमवारदेखि चलेको संसदीय सुनुवाइ समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारसहितका व्यक्तिहरूको सुनुवाइ सकिएको हो ।

सुनुवाइ सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ । अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् ।

यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनुवाइका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ । आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सुनारले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको थियो ।

सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ । साउदीका सुनार, जापानका विज्ञानकुमार थापा र मलेशियाका चूडामणि खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाइएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज धेरै ठाउँमा मौसम सफा रहने

सुनचाँदीको भाउ घट्यो

- Advertisement -spot_img
-Advertisement-spot_img