भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोसी बाढीपीडितको राहतका लागि अर्घाखाँचीको नागरिक बहुउद्देश्यीय सहकारीले २० हजार १०५ रुपैयाँ सहयोग गरेको छ।
  • सहकारीले शेयर सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
  • सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यमा पनि आगामी दिनमा योगदान दिने बताएको छ।

प्रेस लुम्बिनी अर्घाखाँची । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौरमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २० हजार १०५ रुपैयाँ सहयोग गरेको छ।

सहकारीले आफ्ना शेयर सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। विपद्को समयमा पीडित नागरिकलाई राहत पुर्‍याउने र मानवीय सेवामा योगदान गर्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको सहकारीले जनाएको छ।

सहकारीका अध्यक्ष हृदय भुसालले विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “सहकारी आर्थिक कारोबारमा मात्र सीमित हुने संस्था होइन, यो सदस्यहरूको आर्थिक, सामाजिक तथा सामुदायिक विकासमा योगदान पुर्‍याउने साझा अभियान पनि हो। भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पीडामा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले शेयर सदस्यहरूको स्वेच्छिक सहयोग संकलन गरी कोषमा रकम जम्मा गरेका हौँ। हाम्रो यो सानो प्रयासले पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास लिएका छौँ।”

त्यस्तै, सहकारीका सचिव डिलाराम पाण्डेले सहयोग अभियानमा स्वेच्छिक रूपमा योगदान गर्ने सम्पूर्ण शेयर सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विपद्को समयमा मानवीय संवेदना र आपसी सहयोगको भावना अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा सामुदायिक सेवाका कार्यमा आफ्नो क्षमताअनुसार योगदान गर्दै जाने बताउनुभयो।

सहकारीले विपद्बाट प्रभावित सम्पूर्ण नागरिक परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उनीहरूको शीघ्र राहत, प्रभावकारी पुनःस्थापना तथा जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने कामना गरेको छ।

भूमिकास्थान नगरपालिका–१०, धनचौरमा अवस्थित नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै सामाजिक उत्तरदायित्व, सामुदायिक विकास र मानवीय सेवाका क्षेत्रमा समेत योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज धेरै ठाउँमा मौसम सफा रहने

सुनचाँदीको भाउ घट्यो

- Advertisement -spot_img
-Advertisement-spot_img