महाअष्टमीको अवसरमा आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिँदै

समाचार सारांश
Auto Generated by AI
  • आज देशभर महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदैछ।
  • उपत्यकासहित देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।
  • आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनको सरसफाइ गरी पूजा गरिन्छ।

काठमाण्डौ – असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

दशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख छ । आज शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्ति पीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।

धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमकाअनुसार आजैका दिन राती कालरात्रिका रूपमा विधि र पूजा आराधना गर्ने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व रहेको उहाँले बताउनुभयो । महाअष्टमीका दिन राती हनुमान ढोकाको दशैँघरमा कालरात्रि पूजा गरिन्छ ।

यस्तै आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लागेको छ ।

यसै गरी उपत्यकाबाहिरका धादिङको कालीका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिन्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखी पूजा गर्ने गरिन्छ । परम्परा अनुसार कतिपयले काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल चढाई पूजा गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बडादशैँको सातौँ दिन आज फूलपाती

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

- Advertisement -spot_img
-Advertisement-spot_img