देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

समाचार सारांश
Auto Generated by AI
  • देशभरका २६ लाख किसानलाई कृषि सूचीकरण प्रणालीमा आबद्ध गराइएको छ।
  • किसानलाई चार तहमा वर्गीकरण गरी परिचयपत्र र विभिन्न सरकारी सुविधा दिइनेछ।
  • बाँकी किसानको तथ्याङ्क सङ्कलन गरी सूचीकृत गर्ने कार्य भइरहेको छ।

काठमाण्डौ — किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो ।

विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ ।

सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ ।

केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर पालिकासँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img