लुम्बिनीमा मध्येअसारसम्म ११ प्रतिशत रोपाई : मौसमले साथ नदिँदा उत्पादनमा गिरावट आउने चिन्ता

बसन्त आचार्य बुटवल । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी प्रदेशमा धान रोपाईँको अवस्था भने निराशाजनक देखिन्छ ।

प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशतमात्रै रोपाईँ भएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले जानकारी दिए । ‘यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई निकै कम मात्रामा भएको छ । समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारिमा रोपाईँ हुन्थ्यो । तर, पानी नपर्दा ११.०९ प्रतिशत मात्रै रोपाई भएको छ ।’– प्रवक्ता मरासिनीले भने । समयमै वर्षा नहुँ दाधान उत्पादनमा गिरावट आउन सक्ने देखिएको छ । गत वर्ष यहि अवधीमा करिब ३२.७१ प्रतिशित रोपाई भएको थियो । अहिले गत वर्षको भन्दा २१.६२ प्रतिशतले कम रोपाई भएको हो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनिका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाई कपिलबस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुन्छ ।

कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ । जसमध्ये कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको ६ प्रतिशत रोपाईँ भएको छ भने रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाईँ सकिएको छ । यस्तै रुपन्देहीमा ८ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाईँ भएको छ ।

यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा अर्थात १० प्रतिशत रोपाईँ सकिएको छ ।

नवलपरासी पश्च्मिमा धान रोपाईँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात १२ प्रतिशत मात्रै रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भने अहिलेसम्म ७३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ सकिएको छ ।

पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात १० प्रतिशत रोपाई सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाई हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । यता प्यूठानमा ८० प्रतिशत रोपाई सकिएको छ । अर्घाखाँचीमा १० प्रतिशत रोपाईँ भएको छ ।

प्यूठानमा ५ हजार २२० हेक्टर क्षेत्रफलमा रोपाई हुँदा अर्घाखाँचीमा ८०५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ । साथै रोल्पामा ४५.५ प्रतिशत रोपाई सकिएको छ । रोल्पामाधान रोपाई हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्य २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदागतवर्ष भन्दाधेरै कममात्रामाधान रोपाई भएको मन्त्रालयकाप्रवक्ता मरासिनी बताउँछन् । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाइँमापर्यो ।’–उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img