आज देशैभर कांग्रेसको पालिका अधिवेशन

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ।
  • वडा अधिवेशन सकेका ठाउँमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।
  • नयाँ विधानअनुसार पालिकामा पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन्।
काठमाण्डौ – नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ ।

पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुटबाहेक यसअघि देशभरका वडामा वडाअधिवेशन सम्पन्न भैसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ ।

रसुवामा बाढीले क्षति पुर्‍याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भैरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ । कांग्रेसले यही १६ देखि १९ गतेसम्म काठमाण्डौमा १५औँ महाधिवेशन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बडादशैँको सातौँ दिन आज फूलपाती

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

- Advertisement -spot_img
-Advertisement-spot_img